सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

विदुर खबर २०७८ असोज ६ गते ७:०५

नुवाकोट । अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले  गरेको छ ।

Advertisement

परराष्ट्र मन्त्रालयका कर्मचारी बाहेक राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै, सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किलोमिटर र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३दशमलव ५ कि.मि सडकखण्डको ट्रयाक निर्माणका लागि नेपाली सेनालाई दिने सरकारले निर्णय गरेको छ ।

Advertisement

बैठकले कोभिड–१९ सङ्कट व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया