मैलुङ खोलाको शेयर नेप्सेमा सूचीकृत

विदुर खबर २०७८ असोज ५ गते १५:०४

नुवाकोट । मैलुङ खोला जलविद्युत कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

Advertisement

कम्पनीको उक्त शेयरलाई नेप्सेले न्युनतम ९५ रुपैयाँ ७५ पैसा देखि २८७ रुपैयाँ २५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार बुधबार देखि कम्पनीको कारोबार खुल्नेछ ।

कम्पनीको शेयरलाई नेप्सेले एमकेजेसी MKJC कारोबार संकेत प्रदान गरेको छ । उक्त संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।

Advertisement

प्रतिक्रिया