‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई

विदुर खबर २०७८ असोज ३ गते १६:१४

नुवाकोट । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन-२ को उपाधि भरतमणि पौडेलले चुमेका छन् । 

Advertisement

शनिबार राति भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोटका साथ ‘कमेडी च्याम्पियन २’को उपाधि हात पारेका हुन् ।  

उपाधिसँगै उनले एउटा कार र २५ लाख रुपैयाँ पुरस्कार जिते । ग्रान्ड फिनालेमा भरतमणिसँगै सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा पुगेका थिए ।भरतमणि ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बन सफल भएका थिए ।  

Advertisement

विक्की अग्रवाल दोस्रो भए। उनले मोटरसाइकल पाए। सन्तोष तेस्रो भएका छन्। उनले स्कुटर जितेका छन्। कमेडी शो’को निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् ।  

‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बन्न सफल भएका थिए । 

Advertisement

Follow

प्रतिक्रिया