दशैँका लागि काठमाडौँमा च्याङ्ग्रा नआउने
नुवाकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि च्याङ्ग्रा नल्याउने भएको छ ।
हरेक वर्ष काठमडौँ उपत्यकामा खपत गराउन च्याङ्ग्रा ल्याउँदै आएको कम्पनीले यसवर्ष भने नल्याउने भएको हो ।

कम्पनीका नायब महाप्रबन्धक श्रीमणि राज खनालका अनुसार हिमाली जिल्लामै च्याङ्ग्रा महँगो पर्ने भएकाले काठमाडौँ नल्याउने निर्णय गरिएको हो । कोरोनाका कारण यसवर्ष चिनियाँ च्याङग्रा नआउँद्या स्वदेशी च्याङ्ग्रा महँगो भएको कम्पनीको अनुमान छ ।
तिब्बतबाट च्याङ्ग्रा नआउँदा मनाङ र मुस्ताङमा पालिएका च्याङ्ग्राको मूल्य बढेका कारण किन्न नसकिएको कम्पनीले जनाएको छ । मुस्ताङमा अहिलेको च्याङ्ग्राको मासु प्रतिकिलो १ हजारभन्दा बढी छ ।
यसअघि खसीबोका २ हजार र च्याङग्रा १ हजार ल्याउने निर्णय गरेको गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अब २ हजार खसीबोका मात्रै ल्याउनेछ ।
मूल्य वृद्धि रोक्न मात्रै खाद्यले खसीबोक ल्याउने गरेको हो । दशैँमा काठमाडौँमा ५० हजार खसीबोका खपत हुने गर्छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया