दम्पतीबीच चर्को विवाद हुने र बढी रिसाउने ‘हाइपोमेनिया’ रोग के हो ?

विदुर खबर २०७५ साउन ३१ गते ३:०१

Advertisement

  प्राडा सिपी सेढाईं, हाइपोमेनिया यस्तो रोग हो, जसमा मानिसको मन अस्थिर रहन्छ। यस्ता मानिस बढी बोलिरहनुपर्ने हुन्छ। आफ्ना कुरामा जिद्दी गर्ने र भनेको नमान्ने, अपशब्द बोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधैं चञ्चल रहने हुन्छ। यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो हुन्छ।

हाइपोमेनिया रोग लाग्दा श्रीमान्–श्रीमतीबीच चर्को विवाद भएको पाइन्छ। यतिसम्म कि यसकै कारण बारम्बार कुटपिट भइरहने र उनीहरू छुट्टाछुट्टै बस्न पुगेका उदाहरण पनि छन्।

Advertisement

सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहा नै हुँदैन। बिस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने हुँदै जानाले पछि मात्र यो रोग लागेको थाहा पाउन सकिन्छ। सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिँदैन।

यस्ता बिरामी एउटै कुरामा स्थिर रहँदैनन्। एउटा काम सक्न नपाउँदै अर्को काम थाल्छन्। आनन्दी कुरामा दिन बिताउँछन्। म राजा बन्छु, म प्रधानमन्त्री बन्छु, म नेता बन्छु जस्ता अपत्यारिला कुरा गर्छन्।

Advertisement

डा सिपी सेढाईं

पैसा बाँड्ने, कुरा बढाइचढाइ बोल्ने, राति थोरै समयमात्र सुत्ने, गीत गाउने, रातो–पहेँलो रंगीन लुगा लगाउन रुचाउने लक्षण उनीहहरूमा देखिन्छ। यो रोग पटकपटक दोहोरिने भएकाले राम्रो विचार पुर्‍याउन जरुरी छ। रोग लागेर यस्तो भएको कुरा सुुरुमा थाहा पाइँदैन, जसबाट बिरामी वा परिवारमा अनेकौं घटना हुन सक्छन्। मेनिया भनेको हाइपोमेनियाभन्दा कडा अवस्था हुने रोग हो।

बिरामीका केही उदाहरण
—    कल्पना २५ वर्षकी महिला हुन्। विवाह भएको दुई वर्ष भयो। अहिले उनी श्रीमान् तथा परिवारसँंग छिन्। तर उनमा छिट्टै रिसाउने,  जिद्दी र  तर्क गर्ने, एउटा काममा स्थिर नरहने समस्या छ। यसका कारण श्रीमान् तथा परिवारका अन्य सदस्यसँग उनको भनाभन भइरहन्छ। उनी कहिले रिस खप्न नसकेर रुन्छिन् त कहिले अरूलाई अपशब्द बोल्छिन्। परिवारको सदस्यसँग उनको सम्बन्ध टाढिँदै गएको छ। कहिलेकाहीँ उनी ठूलाठूला कुरा गर्छिन्। उनमा राति निद्रा पनि राम्रो पर्दैन। श्रीमान्सँग दिनहुँ कलह भइरहन्छ। उनी बढी फुर्तिलो देखिन्छिन् तर यो रोग लागेको हो भनेर चिन्न कठिन छ। अस्पताल ल्याएपछि मात्र थाहा भयो, उनलाई त हाइपोमेनिया रोग लागेको रहेछ।

—    रमा १६ वर्षकी किशोरी हुन्। ९ कक्षामा पढ्ने उनी १० दिनयता फरक देखिएकी छिन्। आजकाल उनी बढी बोलिरहन्छिन्। छिट्टै रिसाउँछिन्। सिँगारपटार खुब गर्छिन। भन्छिन्, ‘म तीन दिनभित्र प्रधानमन्त्री बन्नेछु।’ आफूलाई फुर्तिलो, सिपालु, जोसिलो र राम्री ठान्छिन् उनी। उनमा तडकभडक निकै छ। विवाह गर्ने कुरा पटकपटक गर्छिन्। एउटा काम नसक्दै अर्को सुरु गर्छिन्। उनले भनेको नमानेमा पिट्छिन्। राति दुई–तीन घन्टा सुतेपछि उठ्छिन र रेडियो, टिभी खोलेर अरूलाई डिस्टर्ब गर्छिन्। उनी मिठो खानेकुरा र पैसा मागिरहन्छिन्। अनि आफू धनी भएको फुर्ति उडाउँछिन्। उनको लक्षण समयमा थाहा भएन तर यो बढ्दै गएपछि अस्पताल भर्ना गरियो। हाल उनको उपचार भइरहेको छ।

हाइपोमेनिया रोगका लक्षण
कहिलेकाही“ यस्ता बिरामीले गरेको अनौठो व्यवहार पत्रपत्रिकामा पनि पढ्न पाइन्छ। तर यो रोग लागेर त्यस्तो भएको भन्नेचाहिँ थाहा हु“दैन। यस्ता बिरामीमध्ये करिब आधाजसो बिरामीमा व्यक्तित्वको समस्या ९एभचकयलबष्तिथ म्ष्कयचमभच० पनि भएको हुन्छ। अस्पताल लगेर बिरामीको परीक्षण गरेपछि मात्र रोगको कारणले यस्तो भएको रहेछ भनेर थाहा हुन्छ।
– घमण्डी बन्ने, बढी फुर्ती लगाई कुरा गर्ने।
– आफूलाई बिरामी भन्न रुचाउँदैनन्।
– धेरै खुसी हुने तर भनेको नमाने झनक्क रिसाउने, पिट्ने।
– बढी आशावादी हुने, सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने।
– मिठो खानेकुरा माग गर्ने, राम्रोराम्रो रंगीन लुगा लगाउने।
– बढी पैसा माग्ने वा खर्च गर्ने।
– पटकपटक ऐना हेरिरहने।
– दुई–तीन घन्टा सुते पनि निद्रा पुग्ने।
– यौनमा बढी रुचि हुने।
– एउटा काम सुुरु गर्न नपाउँदै अर्को थाल्ने वा छटपट हुने।
– वर्षौंसम्म रक्सी पिउने, घरपरिवारस“ग झगडा गर्ने, परपुरुषस“ग शारीरिक सम्पर्क गर्ने र घरै छाडेर हिँड्ने।

उपचार
– रोगको शंका लागेपछि बिरामीलाई रिस उठ्ने किसिमको व्यवहार नगनर्ने अस्पताल लगी सम्बन्धित विशेषज्ञको सरसल्लाह लिई उपचार गर्ने।
– यो रोग एकपटक सुरु भएपछि अर्कोपटक दोहोरिने समस्या ७०–८० प्रतिशत रहन्छ। त्यसैले यसलाई जटिल मानसिक रोग मानिन्छ। अर्कोपटक दोहोरिँदा कहिले पहिलेकै लक्षण देखिन्छन् त कहिले उल्टो खालको वा डिप्रेसनको लक्षण (दिक्क हुने, रुने मर्छु भन्ने, राति निदाउन गाहो हुने) देखिन्छ।
– हाइपोमेनिया रोग बढ्दा बिरामीले औषधि लिन मान्दैनन्। त्यस्तो बेला तुरुन्त अस्पताल लैजानुपर्छ ।

(डा सेढाईं चितवन मेडिकल कलेजका नसा तथा मनोरोग विशेषज्ञ हुन्)

प्रतिक्रिया