पहिरोले मनाङ सदरमुकाम बन्द

विदुर खबर २०७५ साउन ३१ गते २:४८

Advertisement

मनाङ, भीषण पहिरोको कारण मनाङ सदरमुकाम आवतजावत बन्द भएको छ । मंगलबार वेलुकीवाट परेको भिषण वर्षाले बेंसीसहर–चामे सडक खन्ड अन्तरगत चामे गाउँपालिका–३ मा ठुलो पहिरो गएको छ । जसले गर्दा वेंसीसहरबाट मनाङ जाने र मनाङवाट वेसिसहर आउने सवारी साधन ठप्प भएका छन् भने मानिस र पशुचौपायसमेत प्रभावित भएका छन् ।

करिव छ सय मिटर भन्दा बढी चौडाइमा गएको पहिरोले सदरमुकाम आउने जाने सवारी साधन र मानिस पशुचौपायलाई समेत प्रभावित पारेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो । बुधबार बिहानदेखि आवतजावत बन्द भएपछि गाउँपालिकाको नेतृत्वमा जिल्लामा रहेका सेना प्रहरी र स्थानीयको पहलमा वैकल्पित मार्गका लागि काम भइरहेको छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र वहादुर घलेले वताउनु भयो । उहाँका अनुसार वैकल्पित मार्गले सदरमुकाम जोड्न अझै ३–४ दिन लाग्ने त्यो पनि मानिस र पशु चौपय आवतजावतका लागि मात्र हुनेछ ।

Advertisement

हाललाई अस्थायीरुपमा समस्या समाधान गर्र्न क्यारभान कन्सलटेन्सीले सहयोग गरेको छ । तलवाट मरस्याङ्दी नदिले तानेको र माथिवाट माटो वगेकोले काम गर्न कठिन भएको क्याराभान कन्सलटेन्सीका ईन्जिनियर नारायणलामाले वताउनु भयो ।

प्रतिक्रिया