नेपालमा कोरोना संक्रमणबाट ११ हजारको मृत्यु

विदुर खबर २०७८ भदौ ३० गते ६:५६
corona death

नुवाकोट । नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिडका कारण १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ४३ जनाको नमुना परीक्षण गर्दा १ हजार ५ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २ पुगेको छ । २४ घण्टामा १ हजार ५ सय ८९ जना निको भएका छन् ।

संक्रमितमध्ये १ सय ३७ जनाको विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ४ सय ५३ जना सघन उपचार कक्षमा छन् । स्वास्थ्य मन्त्रालयले जानकारी दिएअनुसार सक्रमितमध्ये २४ हजार ६ सय ९० जना होम आइसोलेसनमा छन् भने १ हजार ५ सय १२ जना संस्थागत आइसोलेसनमा रहेका बसेका छन् ।

Advertisement

नेपालमा कूल सक्रमितमध्ये निको हुने दर ९५ दशमलव २३ प्रतिशत रहेको छ । सक्रिय संक्रमितको संख्या ३ दशमलव ३६ प्रतिशत छ भने मृत्यु हुने दर १ दशमलव ४१ प्रतिशत रहेको छ ।

त्यसै गरी, संक्रमितमध्ये महिलाको संख्या ४० दशमलव ५० प्रतिशत रहेको छ भने पुरुषको संख्या ५९ दशमलव ५० प्रतिशत रहेको छ । हालसम्म पीसीआर विधिबाट ४० लाख ४४ हजार ८ सय ५९ जनाको परीक्षण गरिएको छ भने एन्टिजेन विधिबाट ५ लाख २० हजार १ सय ६५ जनाको परीक्षण गरिएको छ ।

Advertisement

जसमध्ये पीसीआर परीक्षणमा ७ लाख ७९ हजार ४ सय ९२ जनामा पोजेटिभ देखिएको थियो भने एन्टिजेन परीक्षणमा ८७ हजार ४ सय १३ जनामा पोजेटिभ देखिएको थियो ।

हालसम्म ५२ लाख ४३ हजार २ सय ३६ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् । नेपालमा मंगलबारसम्म पहिलो मात्रा खोप लगाउनेको संख्या ५७ लाख ७७ हजार ७९ छन् ।

पछिल्लो २४ घण्टा ८८ हजार १ सय ८४ जनालाई खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया