नुवाकोटमा ५७ औं राष्ट्रिय बाल दिवस मनाइयो
नुवाकोट । नुवाकोटमा ५७ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसका अवसर पारेर नेपाल बाल संगठन जिल्ला कार्यसमिति नुवाकोटले आमाको माया छात्रवासलाई खाद्यान्न र बाल मन्दिरमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेसनरी साामाग्री वितरणका साथसाथै छात्रवृत्ति समेत वितरण गरेको छ ।
दिवसको अवसर पारेर विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेकी उर्मिला न्यौपानेले आफ्नो व्यत्तिगत सहयोगमा बाल मन्दिर र आमाको माया छात्रवासमा रहेका बालवालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराएकी छिन् । उनले व्यक्तिगत रुपमा भएपनि केही सहयोग गर्न पाएको भन्दै खुशी व्यक्त गरिन् । साथै आगामी दिनमा सधै सहयोग गर्न तयार रहेको बताइन् ।
कार्यक्रममा बोल्दै नेपाल बाल संगठन जिल्ला कार्यसमिति नुवाकोटका अध्यक्ष राजेन्द्र अर्यालले बालबालिकाको भबिष्यले समाज र देशको भविष्य निर्धारण गर्ने भन्दै सबै बालकालिकाले शिक्षा र स्वास्थ्यको समान अवसर पाउनुपर्ने बताए । उनले कोभिडका कारण सामान्य रुपमा बाल दिवस मनाउनु परेको बताए ।
यस्तै बाल संगठन नुवाकोटका उपाध्यक्ष विन्दा अर्यालले आमाको माया छात्रवास र बाल मन्दिरमा अध्ययनरत बालबालिकाको भविष्य उज्जवल बनाउन अभिभावक र अग्रजहरुले बहुआयामिक रुपमा उनीहरुलाई सही बाटो देखाउनुपर्ने धारणा राखिन् ।
उनले विदुर नगरपालिकालाई बाल मैत्री नगरपालिका बनाउनुपर्ने बताए ।
यस्तै आमाको माया छात्रावासका संचालक सोमप्रसाद पाण्डेले सबै सहयोगी हातहरुको कारण आमाको माया छात्रवासमा रहेका अनाथ तथा असाहय बालबालिकाहरुको दैनिकी संचालन गर्न सहज भएको बताए ।
सरकारले हरेक बर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष बाल दिवस मनाइदै आएपनि बालबालिकाको अवस्थामा खासै सुधार हुन नसकेको गुनासो वालअधिकारकर्मीहरुले गर्ने गरेका छन् ।
कार्यक्रममा बालमन्दिरका पदाधिकारी तथा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया