‘एकादेशको कथा’मा रोमाण्टिक मुडमा देखिए पूर्ण र लक्ष्मी ( भिडियो )

काठमाडौँ । गायक हिमाल सागर अमेरिकाको म्युजिकल टुर सकेर नेपाल फर्कीसकेका छन्। उनि अमेरिकामा भएको बेला निर्माण भएको ‘एकादेशको कथा’ बोलको म्युजिक भिडियो हिजो साँझ सार्वजनिक भएको छ।
गायक हिमाल सागरले नै संगीतवद्द गरेको यस गीतमा श्याम पराजुलीको शब्द रहेको छ। संजय हमालले यस गीतलाई संगीत संयोजन गरेका हुन्। रोमाण्टिक भर्सनको गीतमा पूर्ण लम्साल र लक्ष्मी ओली बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।
अमेरिकाको पिट्सबर्ग, पेन्सिलवेनियामा भिडियोको छायांकन भएको हो। अमेरिककामा पनि नेपाली टिमले स्तरिय भिडियो बनाउन सम्भव छ भन्ने उदाहारण यो भिडियोले प्रस्तुत गरेको निर्माण टिमको भनाइ छ।
प्रविन मानन्धरले सम्पादन गरेको यस भिडियोलाई दिलकृष्ण श्रेष्ठले निर्देशन गरेका हुन्। यमुना लम्साल प्रस्तुतकर्ता रहेको यस भिडियोको निर्मात्री बिष्णु मैनाली लम्साल हुन्। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
प्रतिक्रिया