वाग्मतीमा नयाँ सरकार बनाउन कांग्रेसले डाक्यो संसदीय दल बैठक
नुवाकोट । प्रदेशमा बदलिँदो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेस वाग्मती प्रदेशले संसदीय दलको बैठक डाकेको छ ।
प्रदेशमा विपक्षी गठबन्धनको सरकार गठनका लागि आन्तरिक तयारी गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयको कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्ने तय भएको सचेतक छिरिङदोर्जे लामाले बताए ।
‘वाग्मती प्रदेश सरकार अल्पमतमा परिसकेको छ । यस्तो अवस्थामा विपक्षी गठबन्धनले सरकार निर्माण गर्ने निश्चित छ । त्यसका लागि आन्तरिक छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । हामी बैठकबाटै कसरी अगाडि बढ्ने तय गर्नेछौं,’ उनले भने ।
वाग्मती प्रदेशमा कांग्रेसको २२ सिट छ । विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रको २३ र नवगठित नेकपा (एकीकृत समाजवादी) का १३ सिट छन् । वाग्मतीमा सरकार निर्माणका लागि ५५ सिट आवश्यक पर्छ ।
प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा (एस) का नेता राजेन्द्र पाण्डेको नाम चर्चामा छ । सरकारको नेतृत्व कस्ले गर्ने भन्ने विषय टुंगिएसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर अगाडि बढ्ने तयारीमा विपक्षी गठबन्धन छ ।
‘यो सरकार कुन विधिबाट छिटो हटाउन सक्छौं, सोही अनुसार गठबन्धन अगाडि बढ्नेछ,’ सचेतक लामाले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया