हनुमानढोका संग्रहालय अवलोकन गर्न पाइने

विदुर खबर २०७८ भदौ २९ गते ६:४८

नुवाकोट । कोभिड–१९ संक्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि बन्द रहेको हनुमानढोका दरबार संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ।

Advertisement

कोभिड–१९ को महामारी सामान्य हुँदै गएपछि दरबार संग्रहालय खुला गरिएको हनुमानढोका दरबार संग्रहालयका प्रमुख सन्दीप खनालले बताए।

सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी  सर्वसाधारणलाई प्रवेशको व्यवस्था मिलाइएको उनले बताए। सग्र्रहालय हप्ताको सातै दिन खुला रहनेछ।

Advertisement

अब संग्रहालय नियमित रुपमा खुला रहने उनले बताए। तत्कालको लागि पुरानो गरगहनासँगै दरबारभित्र रहेको नासल चोक, लोहः चोक, पुतली बगैचा अवलोकनको लागि खुला गरिएको छ। त्यसैगरी, राजा महेन्द्रलाई जनकपुरमा बम प्रहार गरिएको गाडी समेत प्रदर्शनीमा राखिएको छ।

हनुमानढोका दरबार संग्रहालयले अवलोकनको लागि सबै विदेशीको लागि टिकट दरमा एकतारुपता ल्याएको छ। सबै विदेशीको लागि असोज १ गतेबाट हुने गरी ३ सय रुपैयाँ टिकट निर्धारण गरिएको खनालले जानकारी दिए। नेपाली आगन्तुकलाई ३० रुपैयाँ टिकट तय गरिएको छ।

Advertisement

प्रतिक्रिया