राप्ती हाइड्रोले आईपीओ निष्कासन गर्ने

विदुर खबर २०७८ भदौ २७ गते २१:०९

नुवाकोट । राप्ती हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।

Advertisement

कम्पनीले  आयोजना प्रभावित स्थानिय र सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ निष्कासन गर्न भदाै ८ गते, सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

Advertisement

प्रतिक्रिया