कांग्रेसका युवा नेता सुशील खड्काद्धारा प्रदेश ‘क’ मा उम्मेद्धवारी घोषणा

नुवाकोट । नेपाली काग्रेंस नुवाकोटका युवा नेता सुशील खड्काले नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनको लागि नुवाकोट क्षेत्र नम्बर १ प्रदेशसभा क को प्रदेश सभापतीमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
दुप्चेश्वर–काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष समेत रहेका नेता खड्काले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यही असोज १२ गते हुन गईरहेको प्रदेश सभाको निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली काङ्ग्रेस को १४ औं महाधिवेशनमा नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (क) को सभापति पदमा मेरो उम्मेदवारी घोषणा गरेको छु खड्काले विदुर खबरसँग भने ।
उनले सेवामुखी राजनिती मेरो प्रतिवद्धता, सानोलाइ माया र ठुलोलाई सम्मान, समाज सेवा मेरो कर्तब्य भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका छन् । विगत लामो समयदेखि समाजसेवामा केन्द्रित भएका खड्काले व्यक्तिगत पहलमै पुल बनाउनेदेखि, मन्दिर निर्माण, पार्टी पौवा निर्माण, धारा चौतारा बनाउनेदेखि दिन दुखीलाई समेत लगातार सहयोग गरिरहेका छन् ।
उनले समाजसेवासँगै राजनितिलाई अघि बढाउन आफुले लागि नुवाकोट क्षेत्र नम्बर १ प्रदेशसभा क को प्रदेश सभापतीमा उम्मेद्धवारी दिएको बताए ।
२०७६ सालदेखि दुप्चेश्वर–काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष भएका खड्काले नेपाली काङ्ग्रेसमा युवा जनशक्तीको आवश्यकता र पार्टीमा युवा नेतृत्वको खाचो रहेको भन्दै आफू प्रदेश सभापतीमा पदमा उम्मेद्वारी दिएका जानकारी दिए ।
निर्वाचन क्षेत्रका अग्रज नेता युवा साथिहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै खड्कालेसबैले साथ दिने अपेक्षा गरेका छन् ।
शुक्रवार बसेको कांग्रेस पदाधिकारी बैठकले नुवाकोटमा असोज ९ गते पालिका अधिवेशन, प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोजमा, एक मात्र प्रतिनिधिसभा जिल्ला अधिवेशन असोज १३ मा , एकभन्दा बढी भएका जिल्ला असोजको १६ गते प्रस्ताव गरिएको छ ।
यस्तै प्रदेश अधिवेशन १०–१२ कात्तिकमा र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया