बागमती प्रदेश : अल्पमतमै शुरु भयो नियुक्ति र सपथग्रहण
नुवाकोट । बागमती प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष र ३ सदस्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सपथग्रहण गरिएको छ ।
प्रदेश सरकारमा अल्पमतमा रहनुभएकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् बिस्तारसँगै आफ्ना नजिकका र एमालेका नेता/कार्यकर्तालाई नियुक्ति दिन सुरु गर्नुभएको हो ।
प्रदेशकी मुख्यमन्त्री तथा आयोग अध्यक्ष शाक्यले आयोग उपाध्यक्ष तथा सदस्यहरुलाई सपथग्रहण गराउनुभयो । आयोग उपाध्यक्ष सिन्धुपाल्चोक मेलम्ची–६ का डा. जगत्बहादुर बस्नेतलाई उहाँले शुक्रबार सपथग्रहण गराउनुभयो ।
सदस्यहरु रामेछापको भीरपानी–६ का ज्ञानुकुमार श्रेष्ठ, काठमाडौं–४, बालुवाटारकी निलम ताम्राकार र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेललाई पनि मुख्यमन्त्री शाक्यले सपथग्रहण गराउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री शाक्यले आयोगको कामलाई दु्रतगतिमा अगाडि बढाउन आयोगलाई पूर्णता दिइएको बताउनुभयो । पदाधिकारी नहु“दा आयोगका काम अगाडि बढाउन समस्या भएकाले यसलाई पूर्णता दिइएको उहाँको दाबी थियो ।
कार्यक्रममा प्रदेशका मुख्य न्यायाधीवक्ता ओमप्रकाश थपलिया र मुख्यमन्त्री कार्यालयका कर्मचारीलगायतको सहभागिता थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया