सानिमा माई हाइड्रोपावरले प्रस्ताव गर्यो लाभांश

विदुर खबर २०७८ भदौ २५ गते १७:१२

नुवाकोट । सानिमा माइ हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

Advertisement

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको कमाइबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

साथै बैठकले लाभांश पारित गर्न आगामी कार्तिक ७ गते कम्पनीको दशौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ।

Advertisement

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १८ गते १ दिनको लागि बुकक्लोज गर्ने जनाएको छ। असोज १७ गतेसम्म कायम शेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

 

Advertisement

प्रतिक्रिया