पछिल्लो २४ घण्टामा १२७१ कोरोना संक्रमित थपिए, १४ जनाको निधन
नुवाकोट । पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ११ हजार नौ सय ४४ जनामा परीक्षण गर्दा एक हजार दुई सय ७१ जनामा संक्रमण देखिएको हो ।
नेपालमा सक्रमणको दर १९.४ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित २८ हजार ६ सय ७८ जना छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १६ छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । बिहीबार अपरान्हसम्म सात लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९४ दशमलब ९ प्रतिशत रहेको छ ।
यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म १० हजार नौ सय तीन जनाको संक्रमणबाट मृत्यु भएको छ । नेपालमा प्रति १० लाखमा ३६७.५ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।
यस्तै चार सय ५८ जना सघन उपचार कक्ष (आईसीयू), १३९ जना भेन्टिलेटर, २६ हजार आठ सय ८६ जना होम आइसोलेसन, एक हजार सात सय ९२ जना संस्थागत आइसोलेसन र दुई सय ६१ जना क्वारेन्टिनमा छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी





प्रतिक्रिया