विष्णु माझीको ‘चरी जेलैमा’ लाई युट्युबमा एक करोड भ्यूज

विदुर खबर २०७८ भदौ २४ गते २०:१२

नुवाकोट ।लोकदोहोरी विधाकी चर्चित गायिका विष्णु माझीको गीत ‘चरी जेलैमा’ एक करोड पल्ट हेरिएको छ ।

Advertisement

माझीको तीज गीतले युट्युबमा सार्वजनिक भएको १३ दिनमा नै एक करोड भ्यूज पाइ कीर्तिमान बनाएको छ ।

यस गीत पैसा खर्च नगरेपनि सहजै करोड क्लबमा पुगेको हो । गीतको गुणस्तरकै कारण आफैं चर्चित भएको हो ।अहिले आफ्नो गीत रिलिज गरेपछि डलर खर्चेर बुस्ट गर्ने चलन छ । यसमा त्यो पनि गरिएको छैन ।

Advertisement

विष्णु माझीप्रतिको आम चासोले नै गीतले धेरै दर्शक/स्रोता पाएको देखिन्छ । यस्तै टिकटकमा पनि यो गीत निकै लोकप्रिय भएकाले युट्युबमा भ्यूज बढेको हो । यो गीतमा ठूलो संख्यामा टिकटक भिडियो बनेको छ ।

‘पुतलीको भट्टी’ भाग १७ का रुपमा सार्वजनिक ‘चरी जेलैमा’मा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । सुन्दरमणि विष्णु माझीका श्रीमान् हुन् । यस्तै गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ ।शम्भु चालिसेको छायाँकन रहेको गीतको भिडियोमा सुजन शाहीको सम्पादन रहेको छ ।

Advertisement

शिव विकको कोरियोग्राफी रहेको गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ । सार्वजनिक भएको सुरुआती दिनबाट नै राम्रो चर्चा कमाएको यो गीत करोड भ्यूज क्लबमा पुगेको हो ।

यसअघि विष्णु माझीका  अन्य गीतहरूले पनि करोड भ्यूज पाइसकेका छन् । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिप–छिपे पानीमा लेउ’, ‘पिँडालु’  माझीका यसअघिका चर्चित गीत हुन् ।

प्रतिक्रिया