विदुर १२ मा देवेन्द्र घिमिरेको नेतृत्वमा निर्विरोध कार्य समिति चयन

विदुर खबर २०७८ भदौ २२ गते ६:३९

नुवाकोट । नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर १२ मा देवेन्द्र घिमिरेको नेतृत्वमा कार्य समिति निर्विरोध निर्वाचित भएका छन् ।

Advertisement

सोमवार भएको अधिवेशनले देवेन्द्र घिमिरेको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उप–सभापतिमा नवराज रिमाल र निरञ्जन थापा निर्वाचित भएका छन् ।

यस्तै सचिवमा सुरेन्द्र रिमाल र सुकुमान तामाङ चयन भएका छन् । त्यस्तै सह–सचिवमा कृष्ण प्रसाद रिमाल र दिपेन्द्र भट्ट चयन भएका छन् ।

Advertisement

यस्तै इकाइ सदस्यहरुमा ईन्द्र तामाङ, प्रताप तामाङ, रामचन्द्र खड्का, लिलानाथ अर्याल, राजकुमार तामाङ रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा सोमनसिङ तामाङ, कृष्ण प्रसाद ढुङ्गाना, अर्जुन मिजार र अर्जुन भट्ट रहेका छन ।

 

Advertisement

प्रतिक्रिया