विवादका कारण विदुर २ को वडा अधिवेशन स्थगित

विदुर खबर २०७८ भदौ २१ गते २१:३९

नुवाकोट । नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर २ को वडा अधिवेशन विवादका कारण स्थगित भएको छ ।

Advertisement

निर्वाचन अधिकृतले उम्मेद्धवारी मनोनयनको लागि निर्धारण गरेको समयसिमा भित्र मनोनयन गर्ने र मनोनयन गर्न नपाउने समुहबीच विवाद हुँदा अधिवेशन नै स्थगित भएको हो ।

एक पक्षले मनोनयन दर्ता गरेकोले मात्र निर्वाचनमा भाग लिन पाउनुपर्ने र अर्काे पक्षले फेरि मनोनयन प्रक्रियाबाट निर्वाचन कार्यक्रम गर्न माग गरेपछि दिनभर विवाद भएको थियो ।

Advertisement

आज हुन नसकेको निर्वाचन प्रक्रिया भोलि सबैलाई छलफल गरि पुन सुचारु गर्ने तयारी निर्वाचन अधिकृतको छ । मनोनयनको विषयलाई लिएर विवाद हुँदा निर्वाचन नै स्थगित भएको विदुर नगरपालिका वडा नम्बर २ का निर्वाचन अधिकृत विक्रम शर्माले जानकारी दिए ।

उनले निर्वाचन समितिले निर्धारण गरेको समयमा २० जना क्षेत्रिय प्रतिनिधि र वडा कार्य समितिका लागि ५ जनाको उम्मेद्धवारी परेको बताए । निर्वाचन अधिकृत शर्माले आज स्थगित भएको निर्वाचन जिल्ला निर्वाचन अधिकृतको सल्लाह अनुसार भोलि विहान पुन मनोनयन दर्ता वा दर्ता भएकालाई मान्यता दिएर हुन सक्ने बताए ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर २ मा इकाई सभापतिको लागि ३ जनाले दावेदारी प्रस्तुत गरेका छन् । वडा सभापतिका दावेदारी दिनेमा वर्तमान सभापति भिमसेन अर्याल, कुमार लाल श्रेष्ठ र विकेक लामाछिने रहेका छन् ।

 

 

 

प्रतिक्रिया