नेपालमा पछिल्लो २४ घण्टामा १८९७ संक्रमित थपिए
नुवाकोट । नेपालमा पछिल्लो २४ घन्टामा १८९७ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १५ हजार ९७९ जनामा परीक्षण गर्दा एक हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा एक हजार ७४३ जना संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या सात लाख २८ हजार ९२८ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९४ दशमलब ६ प्रतिशत रहेको छ ।
यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २० जनाले ज्यान गुमाएका छन् । योसँगै अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या १० हजार ८५८ पुगेको छ ।
हाल नेपालमा ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेका छन् । देशभर ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ वटा रहेका छन् ।
हाल ५१२ जनाको सघन उपचार कक्ष (आइसियु), १६३ जना भेन्टिलेटर, २८ हजार ९११ जना होम आइसोलेसन, दुई हजार ६२ जनाको संस्थागत आइसोलेसन र २६० जना क्वारेन्टाइनमा रहेका छन् ।
नेपालमा सक्रमण दर १९.५ प्रतिशत रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया