कांग्रेसको विदुर ४ को वडा सभापतिमा दुई जनाको दावेदारी
विदुर खबर
२०७८ भदौ २० गते २२:०५

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ कांग्रेसको वडा सभापति बन्न दुई जनाले दाबी गरेका छन् ।
वडा सभापति बन्न रामचन्द्र रिमाल र रामप्रसाद अधिकारी अगाडी बढेका छन् । उनीहरुले आफ्नो दावेदारीलाई बुलन्द बनाउन टोलटोल तथा घरघरमा पुगेर समेत भोट माग्न थालेका छन् ।
वर्तमान कांग्रेसका ईकाइ सभापति मुकुन्द प्रसाद अर्यालले सहमतिको प्रयास गरेपनि दुई दुबैले दावेदारी प्रस्तुत गरेपछि चुनावमार्फत वडाको सभापति छानिने पक्का भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिको मंगलवारको बैठकले वडा इकाईको चुनाव भदौ २१ गते सोमवार गर्ने निर्णय गरेसँगै वडामा सभापतिका आकांक्षी समेत बढ्दै गएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया