नुवाकोटमा सोमवारदेखि निषेधाज्ञा हट्ने

विदुर खबर २०७८ भदौ १९ गते १३:२२

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत वैशाख २१ गतेदेखि जारी गरेको निषेधाज्ञा नुवाकोटमा हट्ने भएको छ ।

Advertisement

नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या दुईसयभन्दा बढी देखिएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो ।

तर जिल्लामा शनिवार सक्रिय कोरोना संकमितको संख्या एकसय ९७ मा झरेपछि जिल्लामा जारी गरिएको निषेधाज्ञा सोमवारदेखि हट्न सक्ने बताइएको छ ।

Advertisement

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक आइतवार अथार्त भोलि २० गते बस्ने भएकोले सोही बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा हटाउने बताइएको छ । नुवाकाेटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले आइतवार काेभिड व्यवस्थापन समितिकाे बैठक बसेर छलफल गरिने बताए । उनले नुवाकाेटकाे हकमा काठमाण्डाै उपत्यकामा रहेकाे व्यवस्था नै लागु हुन सक्ने समेत बताए ।

प्रजिअ दुलालले शैक्षिक संस्थाहरूकाे विषयमा समेत निणर्य गरिने बताएका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकाेटले भाैतिक रूपमा विधालय संचालन नगर्न भनेपनि जिल्लाका केही विघालयहरूले भाैतिक रूपमा विध्यार्थी बाेलाएर पढाइरहेका छन् ।

Advertisement

जिल्ला कोभिड व्यवस्थापन समितिको यहि भदौ १० गतेको बैठकले भदौ २० गते राती १२ बजेसम्म जिल्लाभर लागु हुनेगरि निषेधाज्ञा जारी गरेको थियो ।

सरकारले कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने व्यवस्था  छ ।

प्रतिक्रिया