सुनको मूल्य तोलाको दुई सय घट्यो

विदुर खबर २०७८ भदौ १७ गते १२:१४

नुवाकोट । साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधाबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।

आज छापावाला सुन प्रतिग्राम  ७७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

आज चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतिग्राम एक हजार ३३ रुपैयाँ ५० पैसामा कारोबार भइरेहको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया