कांग्रेसमा अधिवेशन नहुँदै मनाङमा नयाँ नेतृत्व
विदुर खबर
२०७८ भदौ १६ गते १३:२८
नुवाकोट । नेपाली कांग्रेस मनाङले अधिवेशन नहुँदै नयाँ नेतृत्वको टुंगो लगाएको छ ।
काँग्रेसको आसन्न १४ औँ महाधिवेशन हुने/नहुने अन्यौल रहेका बेला मनाङले सहमतिमै नयाँ नेतृत्वको टुंगो लगाएको हो ।
महाधिवेशनको मिति पटकपटक सर्दै आएका बेला १८ भदाैबाट वडा तहका अधिवेशन सुरु गर्ने समय तालिका छ । तर मनाङमा शंकर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय भएकाे छ । उनी निवर्तमान सभापति हुन् ।
सर्वसम्मत नयाँ नेतृत्वको टुंगो लागिसकेको जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए । बाँकी पदाधिकारी पनि टुंगाे लागिसके पनि नाम सार्वजनिक भइसकेकाे छैन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया