स्याउले महिलाको यौन सन्तुष्टि बढाउँछ

नियमित रुपमा स्याउ खाँदा महिलाको यौनेच्छामा वृद्धि हुनुका साथै सहवासबाट हुने चरमसुखमा समेत वृद्धि हुने तथ्य पत्ता लागेको छ ।
इटालीमा गरिएको अध्ययनले दैनिक रुपमा कम्तिमा पनि एक दाना स्याउ खाने महिलामा यौनक्रिडाबाट हुने सन्तुष्टिमा वृद्धि हुने तथा यौनांगका रक्तनलीमा रक्तप्रवाहमा वृद्धि हुने तथ्य पत्ता लगाएको हो ।
स्याउमा हुने पोलीफेनोल्स तथा एन्टी अक्सिडेन्ट जस्ता तत्वहरुका कारण यसले महिलाहरुको यौन क्षमतामा बढोत्तरी गर्न सहयोग पूराउने शोधकर्ताहरुको दाबी छ ।
अध्ययनका क्रममा १८ देखि ४३ वर्ष उमेरका ७ सय ३१ जना इटालियन महिलाहरुलाई सहभागि गराइएको थियो ।
त्यसक्रममा उनीहरुलाई विभिन्न खाले प्रश्नावली रहेको महिला यौनिक कार्य सूचक फाराम भर्न दिइएको थियो । त्यसमा यौनसम्पर्कको पटक, चरम आनन्द, यौनरस तथा समग्रमा यौन सन्तुष्टि लगायतका विषयका विभिन्न खाले प्रश्नहरु थिए ।
त्यसक्रममा दिनहुँ १ २ दाना स्याउ खाने महिलाहरुमा सम्भोगका बेला पर्याप्त यौनरस निस्कनुका साथै समग्र यौन कार्य सन्तोषजनक हुने पाइयो ।
आर्काइभ अफ गाइनेकोलोजी एण्ड अब्स्टेट्रिक्स नाम जर्नलमा छापिएको रिपोर्ट अनुसार स्याउमा फ्लोरिजिन नामक तत्व हुन्छ जुन एक फाइटो इस्ट्रोजेन हो । यो महिलाको यौन उत्तेजनासँग सम्बन्धित हर्मोन इस्ट्राडायल जस्तै हुन्छ ।
एजेन्सी
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया