नुवाकोटका गायक दिपक थापाको “तिमी तिर गैरन्छ ध्यान मात्रै” सार्वजनिक

विदुर खबर २०७८ भदौ १५ गते ८:४७

नुवाकोट । नुवाकोटे गायक तथा संचारकर्मी दिपक थापाको लोकदोहोरी गीत “तिमी तिर गैरन्छ ध्यान मात्रै” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

Advertisement

आफ्नै लय शव्दमा रहेको उक्त दोहोरी गीतको भिडियो दिपक थापा अफिसियल युटुव च्यानल मार्फत सोमवार सार्वजनिक गरिएको हो ।

गीतमा थापा स्वंम र पार्वती कार्कीले आवाज दिएका छन् । निरेन श्रेष्ठको निर्देश्नमा निर्माण गरिएको म्युजिक भिडियोमा सुदर्शन खतिवडा, आयुष्मा कार्की, रामकुमार दुतराज र रामकुमार खतिवडाको अभिनय रहेको छ ।

Advertisement

कुलेखानी क्षेत्रमा छायाङ्कन गरिएको यस गितमा लोक तथा दोहोरी गायक मदन थापाले भिडियो निर्माणमा संयोजन गरेका थिए ।

थापाले लोक दोहोरी गीत “सानु खाको कसम तोडेर नजानु” को अडियो र तिज गीत “घिन्ताङ घिन्ताङ मादलु तालैमा नाच्ने हो” को भिडियो केही वर्ष अगाडी नै सार्वजनिक गरिसकेका छन् ।

Advertisement

तादी गाउँपालिका वडा नम्बर ३ कोषगाडेमा जन्मिएका थापाले काठे लोक ब्याटल “जुन तारा” मा पनि आवाज दिइसकेका छन् ।

 

 

प्रतिक्रिया