मंगलबारदेखि मौसममा सुधार, तर वर्षाको सम्भावना कायमै
विदुर खबर
२०७८ भदौ १५ गते ६:४१
नुवाकोट । मंगलबार बिहानदेखि मौसममा सुधार आएको छ । चार दिनको झरी पश्चात सोमबारबाट मौसममा केही आउन थालेकामा मंगलबार थप सुधार भएको छ ।
नेपालको तराई भूभागमा केन्द्रित मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सरेसँगै नेपालमा मौसममा सुधार आएको हो । यद्यपि, बर्खायाम भएकाले वर्षाको सम्भावना कायमै रहने पनि तत्काल झरीको सम्भावना टरेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
मंगलबार दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिमका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
मंगलबार राति बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बुधबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षा हुने देखिन्छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया