नुवाकोट । सन् २००४ मा फिल्म ‘मै हुँ ना’मार्फत कोरियोग्राफर फराह खानले निर्देशनमा डेब्यु गरेकी थिइन् ।
उनलाई निर्देशक बनाउने श्रेय शाहरुख खानलाई जान्छ । शाहरुखले नै फिल्म निर्माण गर्नुका साथै लिड रोल प्ले गरेका थिए । त्यसपछि यी दुईको सहकार्य ओम शान्ति ओम र ह्याप्पी न्यु इयरमा पनि भयो । यी तिनै फिल्म बलिउडको बक्स अफिसमा रेकर्ड बनाउँदै सफल रहे । तर, त्यसपछि यता फराह र शाहरुखको सहकार्य हुन् सकेको छैन ।
एक अन्तर्वार्ताको क्रममा फराहलाई ‘मै हुँ ना’को सिक्वेलकाबारेमा प्रश्न गरियो । फिल्म बन्ने सम्भावना कतिको छ ? उनले जवाफ दिइन्, ‘यो सबै शाहरुखको निर्णयमा भर पर्छ ।’
उनले फिल्मको सम्पूर्ण अधिकार शाहरुखको कम्पनी रेड चिल्लीसँग रहेको जानकारी दिइन् । ‘सिक्वेलको लागि शाहरुख नै चाहिन्छ, उनलाई फिल्म गर्नुपर्छ भन्ने लाग्छ भने हामी तयार छौ’, फराहले भनिन्, ‘फिल्मको लागि हामीसँग केहि आइडिया पनि छन् ।’












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया