‘मै हुँ ना’को सिक्वेलका लागि शाहरुखको निर्णय कुर्दै फराह खान

विदुर खबर २०७८ भदौ १४ गते १७:४५

नुवाकोट । सन् २००४ मा फिल्म ‘मै हुँ ना’मार्फत कोरियोग्राफर फराह खानले निर्देशनमा डेब्यु गरेकी थिइन् ।

Advertisement

उनलाई निर्देशक बनाउने श्रेय शाहरुख खानलाई जान्छ । शाहरुखले नै फिल्म निर्माण गर्नुका साथै लिड रोल प्ले गरेका थिए । त्यसपछि यी दुईको सहकार्य ओम शान्ति ओम र ह्याप्पी न्यु इयरमा पनि भयो । यी तिनै फिल्म बलिउडको बक्स अफिसमा रेकर्ड बनाउँदै सफल रहे । तर, त्यसपछि यता फराह र शाहरुखको सहकार्य हुन् सकेको छैन ।

एक अन्तर्वार्ताको क्रममा फराहलाई ‘मै हुँ ना’को सिक्वेलकाबारेमा प्रश्न गरियो । फिल्म बन्ने सम्भावना कतिको छ ? उनले जवाफ दिइन्, ‘यो सबै शाहरुखको निर्णयमा भर पर्छ ।’

Advertisement

उनले फिल्मको सम्पूर्ण अधिकार शाहरुखको कम्पनी रेड चिल्लीसँग रहेको जानकारी दिइन् । ‘सिक्वेलको लागि शाहरुख नै चाहिन्छ, उनलाई फिल्म गर्नुपर्छ भन्ने लाग्छ भने हामी तयार छौ’, फराहले भनिन्, ‘फिल्मको लागि हामीसँग केहि आइडिया पनि छन् ।’

प्रतिक्रिया