राज्यले तय गरेको भुमी निति उपयुत्त नभएको सारोबारवालाहरुको भनाई

विदुर खबर २०७५ साउन २८ गते ११:५८

Advertisement

विदुर÷राज्यले तय गरेको निति उपयुत्त नभएको सरोकारवालाहरुलेृ बताएका छन ।
आत्मनिर्भर केन्द्र नुवाकोटले आयोजना गरेको भुमिहिन नागरिकहरुको दिगो ब्यबस्थापनमा राज्य र साँझेदार संस्थाहरुको पहल आबाश्यक रहेको बतार्यएको छ । बिनासकारी भुकम्पका कारण बिस्थापीत भएका नागरिकह्रुको दिगो ब्यबस्थापनका लागी दिगो समाधान परियोजना अन्तर्गत कार्यक्रम सुरु भएको छ ।

आत्मनिर्भर केन्द्रसँगको सहकार्यमा युके एडले सञ्चालन गर्दे अहाएकबो कार्यक्रमले हाल सम्म गरेका कार्यहरुको बिषयमा जानकारी दिईएको छ । कार्यक्रममा जिल्ला समन्वयन समिती नुवाकोटका प्रमुख सन्तमान तामाङले सरकार परिबर्तन भएसँगै राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख पनि परिबर्तन हुने प्रबृतीका कारण नागरिकह्रुले दुख पाएको बताए ।
भूप्रकोपकाट बिस्थापित परिवारको लागी राज्यले स्थिर निति नियमको कार्यान्वनयन गर्न नसकेको बताए । उनले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रबाट भूगर्बबिद्हरु जिल्लामा जोखिमको अबलोकन गर्न आएपनि कृषी उपज फाँट केन्द्रित स्थानमा बिस्थापितहरुलाई पुर्नबास बसाउन पहल गर्नाले जिल्लामा खाद्यान्न संकट पर्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

Advertisement

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले प्रकोपका कारण बिस्थापित परिवारको पहिचान गरी सरकारको कार्यबिधि अनुसार कार्य गर्न आबश्यक रहेको बताए । भूमीहिन र भूकम्पबाट क्षति भएको घर परिबारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने भन्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी थापाले सरकारको एक्लो प्रयासले मात्र सम्भब नहुने बताए । भूमिहिन नागरिकको लागी स्थानीय जनप्रतिनिधिहरुले पनि पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले सरकारले बनाएको कानुनमा पहिलो चरणमा आफुहरु नै अन्यौलमा परेको बताए । उनले निती नियममा नै अस्पष्टता रहेको भन्दै भूमीहिनहरु समस्यामा पर्दै आएको उल्लेख गरे ।

कार्यक्रममा हाल सम्म आत्मनिर्भर केन्द्र नुवाकोटको सहजीकरणमा बिस्थापित भएका ३ सय ७७ परिवार मध्ये १ सय ९० परिवारले घडेरी प्राप्त गरेको जनाएको छ । यस्तै, ११ परिवारले अरुको जग्गामा घर निर्माण गरेको, सुरक्षित घडेरी भएर आफ्नै जग्गामा घर बनाएका परिवार संख्या ५७, पुरानो जोखिम स्थानमा घर निर्माण गरेर बसेका परिवार संख्या ६४, भूकम्प पछि आफैले घडेरी किनेर घर बनाएर बसेका परिबारको संख्या १६ र ३९ परिवारले घडेरी खरिद गर्न बाँकी रहेको जनाएको छ ।

Advertisement

कार्यक्रममा जिल्ला समन्वयन अधिकारी सच्युतराज उप्रेती, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत नन्दलाल शर्मा, अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्बाधार शाखा नुवाकोटका निमित्त आयोजना प्रमुख उशेस श्रेष्ठ, जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एबं प्रतिनिधी लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया