‘प्रेमगंज’को एउटै गीतमा ३० लाख खर्च
नुवाकोट । निर्माणाधीन नेपाली चलचित्र ‘प्रेमगंज’को एउटै गीतमा ३० लाख रुपैयाँ लगानी भएको छ ।
२५ वर्षदेखि स्पोटब्वाइमा काम गर्दै आइरहेका राजु फुयालको प्रस्तुतिमा उक्त चलचित्र निर्माण भइरहेको हो ।
यो खर्च सुटिङको खर्च मात्र भएको फुयालले बताए । अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख रुपैयाँ पर्ने उनको आँकलन छ ।
फरेनहाइट क्लबमा तीन दिन छायांकन भएको यस गीतमा नायिका बेनिसा हमाल, सन्जोग रसाइलीसँगै अन्य एक हजार जना झुमेका छन् । गीतको कोरियोग्राफी वाइल्डरिपर्जले गरेको हो ।
दीक्षा थापाको स्वरमा रहेको यस क्लब गीतलाई ‘ऊ जितेर गई या हारेर गई’का लेखक पुरुषोत्तम ढुंगेलले लेखेका हुन् भने किरण भुसालले संगीत भरेका छन् ।
पहिलो लकडाउनपछि सुरु भएको चलचित्रको छायांकन दोस्रो लकडाउनसँगै रोकिएको थियो । अहिले कडाउन केही खुकुलो भएसँगै चलचित्रको छायांकन धमाधम भइरहेको छ ।
परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्रलाई संजय लामाले छायांकन गरिरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया