पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण, २४ जनाको निधन
नुवाकोट । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८८ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १० हजार दुई ९७ नमुना परीक्षण गर्दा एक हजार तीन सय ८८ जनामा संक्रमण देखिएको हो ।
संक्रमणको परीक्षण कम भएपछि संक्रमित हुनेको संख्यामा पनि कमि आएको छ । हिजो (शनिबार) १३ हजार एक सय ७६ नमुना परीक्षण गर्दा एक हजार ८५७ जना संक्रमित भएका थिए ।
सक्रिय संक्रमित ३५ हजार ७९६ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ६० जना संक्रमणमुक्त भएका छन् । आइतबार अपरान्हम्म सात लाख १२ हजार सात सय १२ जना संक्रमणमुक्त भएका मन्त्रालयले दिएको विवरणमा उल्लेख छ । नेपालमा निको हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको छ ।
यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ ।अहिलेसम्म १० हजार सात सय १४ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६१ दशमलव १ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।
यस्तै ६ सय २५ जना सघन उपचार कक्ष (आईसीयू), एक सय ६७ जना भेन्टिलेटर, ३२ हजार सात सय ४४ जना होम आइसोलेसन, तीन हजार ५२ जना संस्थागत आइसोलेसन र तीन सय ४३ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा संक्रमणको दर १९ दशमलव ५ प्रतिशत रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया