खसीबोका बेचेर एक वर्षमै दुई करोड कमायो मुगुले
विदुर खबर
२०७८ भदौ १२ गते ७:५५
नुवाकोट । हिमाली जिल्ला मुगुले एक वर्षमै दुई करोडको खसीबोका विक्री गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा एक हजार चार सय ९१ वटा खसीबोका निकासीबाट दुई करोड रुपैयाँ भित्रिएको पशु सेवा कार्यालयले जानकारी दिएको छ ।
पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भीमचन्द्र बुढाका अनुसार मुगुमा किसान प्रोत्साहन कार्यक्रम अन्तर्गत भेँडाबाख्रा पालन भइरहेको छ । चार सय ७२ ले उक्त कार्यक्रमबाट लाभ लिइरहेका छन् ।
जिल्लामा झन्डै ७६ हजार ९ सय ३६ बाख्रा रहेको उनको भनाइ छ । मुगुका खसीबोका काठमाडौं, पोखरा, नेपालञ्ज, सुर्खेतमा विक्री हुने गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया