नुवाकोटको शिवपुरीमा मोटरसाइकल भीरबाट खस्यो, चालक गम्भीर घाइते

विदुर खबर २०७८ भदौ ११ गते २१:०५

नुवाकोट । छहरे-टोखाको सडकखण्डको चापको बोट नजिकै मोटरसाइकल भीरबाट खसेको छ।

Advertisement

चापको बोट नजिकै कटुन्जे खोल्साको भीरबाट झन्डै ५० मिटर तल मोटरसाइकल खस्दा मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन् । शुक्रबार मध्याह्न भएको दुर्घटनामा परी चालकको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ।

प्रदेश नम्बर ३ को ००६प २९९२ नम्बरको पल्सर मोटरसाइकल चालक रसुवाको युवक भएको बुझिएको छ।

Advertisement

घाइतेको उपचारार्थ काठमाडौ पठाइएको र स्थानीयको सहयोगमा मोटरसाइकल समेत निकालिएको स्थानीय शिक्षक अर्जुन तामाङले बताए।

पछिल्लो समयको वर्षापछि छहरे–टोखा सडकखण्डको चापबोटदेखि काफलडाडा सम्म हिलाम्मे सडकका कारण सवारी आवतजावतमा निकै कठिनाइ व्यहोर्नुपरेको सर्वसाधारणहरुले बताउदै आएका छन।

Advertisement

प्रतिक्रिया