खोलामा ट्रक खस्दा एकको मृत्यु, चालकसहित दुईजना घाइते
विदुर खबर
२०७८ भदौ ११ गते १४:५२
नुवाकोट । मकवानपुरको भीमफेदी-१, सानुटारस्थित सुपारेटार ब्यारेक नजिकै राप्ती खोलामा ट्रक खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-१ सानुटारमा फलाम बोकेर काठमाडौैं जाँदै गरेको प्रदेश १-०२-००१ ख ८७५९ नम्बरको आइचर ट्रक अनियन्त्रित भएर खोलामा खसेको हो ।
मृतकको पहिचान हुन नसकेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए । प्रवक्ता रिमालका अनुसार दुर्घटनामा ट्रक चालक मोरङको सुन्दरहरैचा गाउँपालिका-८ का ३१ वर्षिय राजन बास्कोटा र सहचालक २४ बर्षीय सरोज आचार्य घाइते भएका छन् ।
घाइतेहरूको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया