झापामा ओलीको पल्लाभारी,जनप्रतिनिधिमा पनि कमजोर समाजवादी
नुवाकोट । नेकपा एमाले विभाजित भए पनि अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा एमाले नै बलियो देखिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा विगतमा खुलेर लागेका नेताहरू पार्टी विभाजनसँगै ओली पक्षमा देखिएका हुन् ।
नेता नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेपालको ससुराली जिल्ला झापामा उनको पार्टी केन्द्रीय सदस्यविहीन बनेको छ । एमालेको नवौँ महाधिवेशनमा दुई वैकल्पिक केन्द्रीय सदस्यसहित चार केन्द्रीय सदस्य निर्वाचित भएको जिल्लामा नेपालको समाजवादी केन्द्रीय सदस्यविहीन छ । दर्ताका लागि निवेदन पेस गर्दा झापाबाट केन्द्रीय सदस्यमा रविन कोइराला, नरेश खरेल र भास्कर काफ्लेको नाम समावेश भएको थियो । काफ्ले २ जेठ २०७५ अघि एमालेको वैकल्पिक केन्द्रीय सदस्य थिए ।
तत्कालीन एमालेमा कोइराला पनि वैकल्पिक केन्द्रीय सदस्य हुन् भने खरेलले भने नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य हारेका थिए । तत्कालीन एमाले र माओवादीको एकताका बेलामा एमालेले थपेको ४६ जना केन्द्रीय सदस्यमध्येका एक हुन्, खरेल । तत्कालीन एमाले र माओवादीको एकता भंग गर्ने सर्वोच्चको आदेशसँगै यी तीन नेता नेपाल समूहमा लागेर झापामा आफ्नो समूहलाई दह्रो बनाउन लागि परेका थिए ।
यी तीनै नेतालाई मञ्चमा राख्दै नेपालले गत वैखाशमा तत्कालीन एमालेको समानान्तर समिति बनाएका थिए । नेपालले पार्टी दर्ताका लागि निवेदन दिनुभन्दा अघिसम्म यी नेता एमाले अध्यक्ष ओलीको आलोचना गर्दै आएका थिए । तर, नेपालले पार्टी दर्ता गरेपछि कोही ओलीतिर लागे भने कोही तटस्थ छन् । खरेल अहिले निस्क्रिय छन् भने काफ्ले सम्पर्कमा छैनन् । उपचारका लागि भारत गएको बताउने काफ्ले नेकपा (एकीकृत समाजवादी)को सम्पर्कमा नरहेको पार्टी स्रोतले जनाएको छ ।
कोइराला भने एमालेमै फर्किएका छन् । विगतमा ओलीको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै आएका उनले नेपालले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन् । ‘म एमालेमै छु,’ उनले भने, ‘मेरा असहमतिहरू पार्टीभित्र बसेर पार्टीमै राख्छु ।’
नयाँ पार्टीमा समावेश भएका तीन केन्द्रीय सदस्यले इच्छा नदेखाएपछि नेपालको नयाँ पार्टी झापामा केन्द्रीय सदस्यविहीन भएको छ । विगतमा बनेको एमालेको समानान्तर कमिटीलाई नै नयाँ पार्टीको कमिटीको रूपमा रूपान्तरण गर्ने सहमति भएको जिल्ला अध्यक्ष वेदराज रेग्मीले बताए । तीन सय ५१ सदस्य रहेको यो कमिटीमा २१ जना तत्कालीन एमालेका जिल्ला सदस्य रहेको उनले बताए । ‘हामी जिल्लामा संगठन निर्माणलाई प्राथमिकता दिएर काम गर्छौँ,’ उनले भने, ‘यहाँबाट केन्द्रीय सदस्य हुन योग्य मान्छे उत्पादन पनि गर्छौँ ।’
जनप्रतिनिधिमा पनि कमजोर नेकपा (एकीकृत समाजवादी)
नवगठित पार्टी जनप्रतिनिधिका हिसाबले पनि कमजोर देखिएको छ । एमालेबाट फुटेको यो पार्टीमा निर्वाचित जनप्रतिनिधि पनि कम छन् । तत्कालीन एमालेले प्रतिनिधिसभामा झापाको पाँचवटा निर्वाचन क्षेत्रमध्ये तीनवटामा जीत निकालेको थियो ।
विगतमा झापा–२ बाट प्रतिनिधिसभामा निर्वाचित पवित्रा निरौला खरेल माधव समूहमा थिइन् । तर, पार्टी विभाजनसँगै उनले माधव समूह त्याग गरिन् । योसँगै झापामा निर्वाचित तीन प्रतिनिधि सदस्यहरू नै एमालेमा छन् ।
यस्तै, १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये आठवटा एमालेले जितेको थियो । आठ जनानै प्रदेशसभा सदस्य एमालेमै रहेका छन् । यस्तै, जिल्ला समन्वय समिति उपप्रमुख मीना पराजुली भने नेपालको पार्टीमा खुलेकी छन् ।
जिल्लामा १५ स्थानीय तहमध्ये एमालेले सातवटामा प्रमुख/अध्यक्ष र ११ वटामा उपप्रमुख/उपाध्यक्ष जितेको छ । त्योमध्ये एकजना नगरप्रमुख मात्र नेपालको पार्टीमा खुलेका छन् । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना नेपालको पार्टीमा खुलेका हुन् । यस्तै, ११ उपप्रमुखमध्ये तीनजना नेपाल समूहमा देखिएका छन् । बिर्तामोड उपप्रमुख पवित्रा महतरा प्रसाईं, भद्रपुर उपप्रमुख चन्द्रमाया श्रेष्ठ र शिवसताक्षीकी उपप्रमुख भोजकुमारी नेपाल माधव नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा देखिएका हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया