पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने निर्णय
नुवाकोट । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुनेगरी हस्तान्तरण गर्ने निर्णय गरेको हो।
प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका कामहरु सम्बन्धित निकायबाटै हुनेगरी हस्तान्तरण गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।
जसअनुसार विपद् व्यवस्थापनसम्बन्धी बाँकी कामहरुलाई राष्ट्रिय विपद् जोखिम न्यूनिीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सम्पन्न गरिनेछ।
त्यसैगरी अन्य निकायहरु सहरी विकास मन्त्रालयले निजी आवासको पुनर्निर्माणसम्बन्धी कामलाई व्यवस्थापन गर्ने, स्वास्थ्य संस्था र सरकारी भवनहरुको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र शिक्षा मन्त्रालयले विद्यालय तथा विश्वविद्यालयको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्नेछ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २० औँ निर्देशक समितिको बैठकले प्राधिकरणले हालसम्म गरेको कामलाई धन्यवाद दिँदै पुनर्निनिर्माणमा बाँकी रहेका कामलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।’
२०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षति पुर्याएका भवनहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन सरकारले पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया