कांग्रेस क्रियाशील सदस्यको नामावली सार्वजनिक हुने
नुवाकोट । जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको नामावली सार्वजनिक नभए आन्दोलन नै गर्ने भएपछि कांग्रेसले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्ने भएको छ ।
सदस्यताका विषयमा देखिएको विवाद मिलेपछि प्राविधिक तयारी पूरा गरी अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको हो ।सदस्यतालाई पारदर्शी बनाउन माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता र जिल्ला सभापतिहरुले सदस्यको नामावली सार्वजनिक गर्न माग गर्दै आएका छन् ।
जिल्ला सभापतिहरुले त क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै सम्पूर्ण सूची सोमबारभित्रै सार्वजनिक गर्न ‘अल्टिमेटम’ दिएका थिए । सोमबारै सदस्यको नामावली सार्वजनिक नभएपछि मंगलबारदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने उनीहरुको तयारी छ ।
तर, संस्थापन पक्षले भने सदस्यको नामावली सार्वजनिक गर्ने विषयमा धर्ना र आन्दोलन नै हुने भएपछि सदस्यताको विवाद समाधान भएलगत्तै सदस्यको विवरण वेबसाइटमार्फत् सार्वजनिक गर्ने भएको हो ।
‘सदस्यताको विवाद टुंगो लागेपछि सदस्यहरुको विवरण सार्वजनिक गर्छौ’, त्यो अन्तिम नामावली हुनेछ,’ स्रोतले भन्यो, ‘त्योसँगै मोबाइल एप समेत सार्वजनिक गर्ने तयारी छ ।’ कांग्रेसले यसअघि छानबिनका क्रममासमेत सदस्यहरुको नामावली सार्वजनिक गरेको थियो ।
यसपटक देशैभरिबाट क्रियाशील सदस्यको विवरण सफ्टवेयरमा इन्ट्री गर्ने व्यवस्था गरिएकाले अन्तिम नामावलीसमेत डिजिटल कपीमै तयार हुनेछ । त्यसैले त्यो सार्वजनिक गर्न समेत सहज हुने स्रोतको भनाइ छ ।
नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले नेतृत्वले क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्न आनाकानी गरेको भन्दै मंगलबारदेखि धर्ना दिने कार्यक्रम राखिएको बताए ।
जिल्ला सभापतिहरुले सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नलगायत माग राखेर धर्ना दिने जनाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया