ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो
नुवाकोट । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारका इन्धनको मूल्य बढाएको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएको जनाउँदै यहाँ पनि मूल्य बढाउने निर्णय गरेको हो । एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएर १४ सय ५० रुपैयाँ पुर्याइएको छ ।
‘भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार सबै इन्धनको मूल्य वृद्धि गरिएको हो । स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्दा यहाँ पनि बढेको हो,’ निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भने, ‘साविक मूल्यमा २ रुपैयाँ बढाएर पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजेल १ सय १३ र र मट्टितेल ८६ रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलो लिटर अमेरिकी डलर १६ रुपैयाँ वृद्धि भई प्रतिकिलोलिटर ७ सय ७० अमेरिकी डलर कायम गरिएको छ ।’
मूल्य समायोजनपछि १५ दिनको घाटा ९६ करोड रुपैयाँ हुने निगमको दाबी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया