बाग्मति प्रदेशका मुख्यमन्त्रि शाक्य अप्ठेरोमा, सरकार जोगाउन नेपाल समूहमा लाग्नुपर्ने बाध्यता
नुवाकोट । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको समर्थनमा गत बुधबार वाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्ठलक्ष्मी शाक्यलाई एमाले विभाजनका कारण सुरुमै अप्ठेरो अवस्था आइपरेको छ ।
उनले आफ्नो सरकार टिकाइराख्नका लागि माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दलको पक्षमा जानुपर्ने अवस्था देखिएको छ । यदि उनी एमालेमै बस्न चाहे प्रदेशसभा भित्र एमालेको एकल बहुमत गुम्ने स्थिति छ । जसका कारण सत्ताबाट बाहिरिनुपर्ने अवस्था आउन सक्छ ।
मुख्यमन्त्री शाक्यमाथि अहिले नेपाल नेतृत्वका दलका सांसद र नेताहरूले आफ्नो पक्षमा खुल्न दबाब दिइरहेका छन् । वाग्मती प्रदेशसभामा हाल १ सय ९ सदस्य छन् । त्यसमा एमालेका सभामुखसहित ५६ जना सांसद छन् । सरकारमा निर्माणमा सभामुखको मत प्रयोग हुँदैन । त्यसैले एमालेको एक जना मात्र संख्या कम हुँदा शाक्य नेतृत्वको सरकार अल्पमतमा पर्छ ।
वााग्मती प्रदेशसभामा यसअघिदेखि नै एमालेको ओली र नेपाल समूहबीच विवाद रहँदै आएको थियो । अहिले पार्टी विभाजनका क्रममा प्रस्तावित दल एकीकृत समाजवादीतर्फ ८ सांसद खुलिसकेको दाबी नेपाल पक्षको छ । सो संख्या शाक्यलाई मुख्यमन्त्री हटाउनका लागि पर्याप्त हो ।
‘अष्ट कमरेड आउनुभएन भने पनि हाम्रोतर्फ यो संख्या कम्तीमा १२ सम्म पुग्ने देखिन्छ,’ नेपाल निकट एक सांसदले भने, ‘नयाँ दल दर्ता भएपछि प्रदेशमा कांग्रेस र माओवादीसहितको गठबन्धन बन्छ ।’ यदि शाक्य आफ्नो पक्षमा नआए शाक्यको स्थानमा राजेन्द्र पाण्डेलाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट बनाएर मुख्यमन्त्री बनाउने योजना छ ।
अहिले प्रदेशसभामा पाण्डेका अतिरिक्त मुनु सिग्देल, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, शान्ति पौडेल, पार्वती सिलवाल र रमा आले मगर नयाँ दलको पक्षमा खुलेका छन् । लामो समयदेखि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षमा रहेकी शाक्य पछिल्लो समयमा पार्टीभित्रको विवाद समाधानका लागि भन्दै तेस्रो धारमा रहेकी छिन् ।
एमाले अध्यक्ष ओलीको निर्देशनपछि डोरमणि पौडेलले मुख्यमन्त्री राजीनामा दिएर शाक्यलाई प्रस्ताव गरेका थिए । एमालेभित्रको समस्याको कारण शाक्य मुख्यमन्त्री बनेदेखि नै उनको कार्यकाल कति समयको हुने भन्ने विषयमा प्रश्न उठ्ने अवस्था आएको छ ।
‘अष्टलक्ष्मी शाक्य केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैको समर्थनमा अहिले मुख्यमन्त्री बन्नु भएको हो । एमाले विभाजित भएर नयाँ दल दर्ता हुने चरणमा छ । नयाँ दल बनेपछि को कता हुन्छ त्यसपछि मात्रै प्रदेशमा अघि बढ्छ,’ प्रदेशसभाका सांसद लम्सालले भने, ‘ओली पक्षले अहिले आफूले मुख्यमन्त्री बनाएको भनेर प्रचार गर्दैछ । तर ओली पक्षले चाहेको भए अष्टलक्ष्मी शाक्य एक वर्षअघि मुख्यमन्त्री बन्नु हुन्थ्यो ।’
मुख्यमन्त्री शाक्यले शनिबार राजधानीमा ओली पक्षको रामेछाप–काठमाडौं सम्पर्क कमिटीको बैठकलाई सम्बोधन गरेकी थिइन् । सो कार्यक्रममा उनले आफू पार्टी एकताका लागि काम गरिरहेको र ओली नेपाल दुवैको समर्थनमा मुख्यमन्त्री भएको बताएकी थिइन् ।
एकताका लागि भन्दै तेस्रो धार निर्माण गरेको नेपाल समर्थकहरूले मंगलबारसम्ममा १० बुँदे सहमति कार्यान्वयन गर्ने अल्टिमेटम अध्यक्ष ओलीलाई दिएका छन् । उक्त अल्टिमेटम सकिएपछि को नेता कुन धारमा हुन्छन् त्यसपछि वाग्मती प्रदेश सरकारको दिशा पनि तय हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया