राज्यले गर्ने सहयोग पुर्ण नहुने प्रतिनिधिसभाका सांसद नारायण प्रसाद खतिवडाको भनाई

विदुर खबर २०७५ साउन २६ गते १५:५९

अपाङ्गता भएका व्यत्तिहरुलाई सबैले सहयोग गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

Advertisement

मझिटार÷ प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडाले राज्यले गर्ने सहयोग जोकोहीलाई पनि पर्याप्त नहुने बताउनुभएको छ ।


मझिटारमा शनिबार बौदिक अपाङगताका अविभावक संघको तेरौ वार्षिक साधारणसभा तथा तथा अधिवेशन कार्यक्रममा उहाँले उत्त धारणा व्यत्त गर्नुभएको हो । कार्यक्रममा मन्तव्य राख्दै प्रतिनिधिसभाका सांसद खतिवडाले राज्यले कस्तो निति बनाउँदा उपयुत्त हुन सक्छ र कसरी सबैको हितमा काम गर्न सकिन्छ भन्ने विषयमा आफुलाई जानकारी गराउन आग्रह गर्नुभयो । खतिवडाले फरक क्षमता भएका व्यत्तिको घाउलाई कसरी निको थर्न सकिन्छ आफ्नो तर्फबाट सबै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

Advertisement

कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले आफुले बौद्धिक प्रारम्भिक विद्यालयललाई सिमित स्रोतसाधन भएपनि आफुले जे सक्यो त्यै सहयोग गरेको बताउनुभयो । मेयर पण्डितले च्वाडी पव्लिक माध्यामिक विद्यालयका प्रध्यानाअध्यापक र व्यस्थापन समितिका अध्यक्षले विद्यालयललाई जग्गा प्रदान गरेको भन्दै खुसी व्यत्त गरे ।
त्यस्तै कार्यक्रममा बोल्नुहँदै च्वाडी पव्लिक उच्च माध्यामिक विद्यालयका प्रध्यानाअध्यापक टिका खरेलले च्वाडी पव्लिक उच्च माध्यामिक विद्यालयको लागि आएको दुई कोठे भवन बौदिक अपाङगताका अविभावक संघलाई हस्तान्तरण गरेका बताउनुभयो । कार्यक्रममा बोल्दै बौदिक अपाङगताका अविभावक संघका निर्वतमान अध्यक्ष पुर्णलाल श्रेष्ठले बौद्धिक अपांगता भएका व्यत्तिलाई दुईचार हजार सहयोग मात्र गरेर नहुने भन्दै उनीहरुलाई क्षमता विकास गरी आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले आफुले बौद्धिक अपांगता भएका व्यत्तिहरुको घाउमा मलम लगाउन सकिन्छ भन्ने उदेश्यले संस्थाको स्थापना गरेको भन्दै अब छिट्टै वृद्ध दिवा हेरचार केन्द्र समेत खोल्न लागेको बताउनुभयो । श्रेष्ठले बौद्धिक अपांगता भएका व्यत्तिहरुको लागि स्थानिह तहका जनप्रतिनिधिहरुले हेर्नुपर्ने बताउनुभयो ।

Advertisement

कार्यक्रममा संबोधन गर्दै तादी युवा क्लबका अभ्यक्ष राजकुमार अर्जेललले अपाङ्गता भएका व्यत्तिहरुको लागि सबैले हातेमालो गरेर सहयोग बढाउनुजर्नेमा जोड दिए । त्यस्तै युवा संघ नगर कमिटिका अध्यक्ष उद्धव पनेरुले अपाङ्गता भएका व्यत्तिहरुलाई समाजमा आत्मसमानका साथ बाच्न पाउने अवस्था सिर्जना गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

नुवाकोट जिल्लामा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा तिनका अभिभावकहरुमा शिक्षा, स्वास्थ्य, रोजगारी तथा संस्थागत क्षमता विकास लगायतका क्षेत्रमा कार्य गर्दै २०७१ साल जेष्ठ २२ गते बौद्धिक अपाङ्गताका दिवा हेरचाह केन्द्र, नुवाकोटको स्थापना भएको थियो । स्थापना हुँदा ७ जना बिद्यार्थीबाट शुरु भएका केन्द्रमा हाल २४ जना बिद्यार्थी रहेका छन । हाल सम्म एक जना शिक्षक एक सहायक शिक्षक र दुइ सहयोगी कार्यरत छन । जसमध्ये १६ जना विद्यार्थीलाई च्वाडी पव्लिक माध्यामिक विद्यालययले छात्रवृति प्रदान गरेको छ भने बाँकी ८ जना विद्यार्थीलाई विद्यालय आफैले आन्तरिक स्रोतबाट व्यवस्थापन गरेको बौद्धिक प्रारम्भिक विद्यालयका प्रध्यानाअध्यापक राजेन्द्र श्रेष्ठले बताए ।

विद्यालयले बिभिन्न निकायको सहयोगमा बनाएको एक तले २ कक्षा कोठा ,१भान्सा र १ अफीस भएको ४ कोठे घर निर्माण गरेको छ । जुन आजैबाट स्थानीयसरकारलाई हस्तान्तरण समेत गरिएको छ । २८ लाख २७ हजार २ सय ७९ रुपैयाँको लगानीमा विद्यालय निर्माण भएकोृ विद्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया