मेरो अभिनय क्षमता औसत नै हो : करिश्मा मानन्धर

विदुर खबर २०७८ भदौ ६ गते ८:२१

नुवाकोट । नेपाली फिल्मकी सदाबहार अभिनेत्रीको रुपमा परिचित करिश्मा मानन्धर एक समय करिअरको उचाईमा थिइन् ।

Advertisement

उनका हरेक फिल्म सुपरहिट हुन्थे । उनको अनुहार पोस्टरमा राखे मात्रै पनि फिल्म सफल हुन्छ भन्ने मान्यता स्थापित थियो । तर, उनले आफ्नो करिअरमा अभिनयभन्दा सुन्दरताको प्रशंसा बढी कमाइन् । यसैले पनि उनी सुन्दरताकै कारण फिल्ममा टिकेको भन्नेहरु धेरै छ ।

तर, सुन्दरताकै कारण आफू फिल्ममा टिकेको मान्न तयार छैनन्, करिश्मा । शुक्रवार ‘अमिरा ब्युटी केयर’ को उद्घाटनमा उनले भनिन्, ‘मैले फिल्म क्षेत्रमा निकै लामो यात्रा गरेँ, यो सौभाग्य कमैले पाउँछन् ।

Advertisement

म त्यो भाग्यमानी कलाकार हुँ । अनि, मैले कसरी सुन्दरताकै कारण यति लामो यात्रा गरेँ भन्न मिल्छ र ?’  सुन्दरताले आफ्नो अभिनयलाई छायाँमा नपारेको पनि उनको भनाई छ ।  यद्यपि, उनी आफ्नो अभिनयलाई औसत मान्छिन् । ‘मेरो अभिनय क्षमता औसत नै हो । तर, ‘बसन्ती र शुभकामना’ मा मलाई आफ्नो काम मन परेको थियो ।

यी फिल्ममा मेरो अभिनय हेर्ने हो भने अवार्ड पाउनु पर्थ्यो जस्तो लाग्छ । तर, यो क्षेत्रमा के हुन्छ भने राम्रो काम गरेको छ भने तारिफ नमिल्न पनि सक्छ । त्यसमा सबै तालमेल नमिलेर त्यस्तो भएको हुनसक्छ,’ उनी सुनिइन् ।  उनी आफू सुन्दरताको व्यापारमा रहेको पनि धक नमानी बताउँछिन् ।

Advertisement

करिश्मा अगाडि भन्छिन्, ‘मलाई अभिनय नै गर्न नपाउँदा पनि ऊ सुन्दरी भएर फिल्ममा लिएको भनेर अहिले कतिपय पुराना निर्देशकहरुले भन्ने गर्नुहुन्छ । कतिले आक्षेप पनि लगाउनुहुन्छ कि सुन्दरताकै कारण टिक्यो ।

तर, सुन्दरता भन्ने कुरा सधैं कायम रहँदैन । कलाकारले अभिनयलाई प्रखर गर्दै लैजानु पर्छ ।’

प्रतिक्रिया