गोसाइँकुण्ड मेला भर्न दुई हजारभन्दा बढी भक्तजन प्रस्थान
रसुवा । रक्षा बन्धनको विशेष पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्नका लागि भक्तजन आउने क्रम जारी छ ।
कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले औपचारिक मेला स्थगन गरे पनि आन्तरिकरूपमा भक्तजन गोसाइँकुण्ड गइरहेका छन् ।
भोलि जनै पूर्णिमा पर्वका लागि पवित्र कुण्डमा स्नानका लागि करिब दुई हजार भक्तजन निलाद्री पर्वतको तीर्थ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
बढ्दो कोरोना सङ्क्रमणप्रति सजगता अपनाउँदै मास्क लगाउन, सामाजिक दूरी कायमको जागरण एवं धार्मिक मार्गको सुरक्षा व्यवस्था मजबुत पार्न प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी गस्ती परिचालन गरिएको प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।
औपचारिकरूपमा मेला स्थगन भए पनि तीर्थका लागि एक्कासी यात्रुको चाप बढेका कारण उच्च भागमा लेक लागेर पर्न सक्ने समस्यालाई दृष्टिगत गरी सुरक्षा व्यवस्थाका साथै नेपाली सेनाको उद्धार टोलीसमेत तयार गरिएको प्रजिअ ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो ।
सामाजिक दूरी कायम गराउने कार्यमा सशस्त्र प्रहरीसहितको सुरक्षा अङ्ग परिचालन गरिरहेको बताइएको छ । समुद्र मन्थन गर्दा निस्केको कालकुट सेवन गरी प्राणीजगत्लाई रक्षा गर्ने महादेव शिवको दर्शन गर्न जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने धार्मिक मान्यताअनुरूप भक्तजनले विशेष पर्वमा स्नान गर्न निलाद्री पर्वत पुग्ने गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया