तारकेश्वर गाउँपालिकामा १८ जना संक्रमित थपिए

विदुर खबर २०७८ भदौ ५ गते १५:०७

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा थप १८ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा गाउँपालिकाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये ११ जना पुरुष र ७ जना महिला रहेका छन् । यससँगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या ९ सय ४२ पुगेको छ ।

Advertisement

संक्रमितमध्ये ४ सय ५९ महिला र ४ सय ८३ पुरुष रहेका छन । यस्तै गाउँपालिकाका ५१ जना आइसोलेसनमा वसेर उपचार गरिरहेका छन् ।

तारकेश्वर गाउँपालिकामा हालसम्म २ हजार एक सय ८८ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Advertisement

प्रतिक्रिया