नुवाकोटमा आज ५२ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ भदौ ५ गते १४:५०

नुवाकोट । नुवाकोटमा आज ५२ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ६६ जनाको पिसिआर र ४८ जनाको एन्टीजेन परिक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिकामा २४ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै तारकेश्वर गाउँपाकिलामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

त्यस्तै बेलकोटगढी नगरपालिका र सुर्यगढी गाउँपालिकामा सामान ३÷३ जनामा कोरोना संक्रमित भेटिएका छन् । यस्तै लिखु गाउँपालिका र तादी गाउँपालिकामा समान २÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको खनालले बताए ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार ७ सय १० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका २८ कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ हजार एकसय ७१ पुगेको छ ।

Advertisement

यस्तै जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या ४ सय ९५ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ४ सय ५८ जना होम आइसोलेसनमा, २२ जना अस्पतालमा र १५ जना होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

नुवाकोटमा हालसम्म ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नुवाकोटमा हालसम्म २५ हजार ८ सय १० जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया