नुवाकोटमा सोमवार सार्वजनिक विदा

विदुर खबर २०७८ भदौ ५ गते १०:०२

नुवाकोट । नुवाकोटमा सोमवार सार्वजनिक विदा हुने भएको छ ।

Advertisement

बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा भदौ ७ गते सोमवार बागमती प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरसँगै नुवाकोटमा पनि सोमवार विदा परेको हो ।

बागमती प्रदेश, हेटौडास्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा सूचना निकालेको भदौ ७ गते सार्वजनकि विदा घोषणा गरेको हो ।

Advertisement

बाग्मति ‘प्रदेश सरकार, मन्त्रीपरिषद्को यहि भदौ २ गतेको निर्णयाअनुसार बागमती प्रदेशमा विशेश रुपमा मनाइने गाईजात्राको अवसरमा भदौ ७ गते बागमती प्रदेशभर सार्वजनिक बिदा घोषणा गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ राजपत्रमा निकालिएको सूचनामा भनिएको छ ।

प्रतिक्रिया