संगीसँग गाउँदै तीज मनाउँदै करिश्मा

विदुर खबर २०७८ भदौ ५ गते ९:२२

तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरू निर्माण तथा रिलिज हुने क्रम बढ्दै गएको छ । लोकप्रिय अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले पनि यसपालिको तीजका लागि तीज गीत निर्माण गरी सार्वजनिक गरेकी छिन् ।

Advertisement

करिश्माले आउन संगी हो गाऊँ न मिलेर बोलको तीज गीत निर्माण गरेर आफ्नो युट्युब च्यानल करिश्मा मानन्धरबाट सार्वजनिक गरेकी हुन् । कलाकारहरूले पनि युट्युब च्यानल सञ्चाल नगर्ने क्रममा करिश्माले केही अघिबाट आफ्नो नामको च्यानल सञ्चालनमा ल्याएकी हुन् ।

प्रस्तुत गीतमा गायिका मेलिना राईको स्वर रहेको छ भने गोविन्द राईको शब्द र साज सिंहको संगीत रहेको छ। आकर्षक लोकेसनमा खिचिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडलको जमात नै देख्न सकिन्छ ।

Advertisement

वर्ष दिनमा आउने नारीहरूको पर्व तीजमा माइती गएर रमाइलो गर्ने अवसर नमिले पनि साथी—संगीका साथ नाचगान गरेर मनाऔं भन्ने सन्देश बोकेको उक्त मौलिक भाकाको तीज गीतमा अभिनेत्रीहरू करिश्मा मानन्धर, क्षितिजा शाक्य तथा मोडलहरू सम्झना बुढाथोकी, तेन्जु योञ्जन, सुप्रिया योञ्जन र वासु तामाङको अभिनय रहेको छ ।

गीतको म्युजिक भिडियोमा गोविन्द राईले कोरियोग्राफी तथा निर्देशन गरेका छन् भने मदन काश्यप घिमिरेले छायांकन तथा नहकुल खड्काले सम्पादन गरेका छन् ।

Advertisement

म्युजिक भिडियो करिश्मा र विनोद मानन्धर दम्पतीको होम प्रोडक्सन केबी फिल्म्सले निर्माण गरेको हो ।

प्रतिक्रिया