पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७८ भदौ ४ गते १७:४४

नुवाकोट । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ५३० जनाको पीसीआर परीक्षणमा २ हजार ७९ र ७ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २४४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Advertisement

निको हुने दर ९३.१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया