विदुर ६ को वडा कार्यालयको भवन उद्घाटन

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ६ वडा कार्यालयको भवनको शुक्रवार उद्घाटन गरिएकाे छ ।
शुक्रवार नगरपालिकाका मेयर सञ्जु पन्डित, उपमेयर गिता दाहाल, वडाध्यक्ष राजु सडाैला लगायतले वडा कार्यालयकाे उद्घाटन गरेका हुन् ।
महारानीडिहीमा निर्माण गरिएकाे वडा कायार्लयकाे भवनमा निर्माण भएसँगै सेवा प्रवाहमा गुणस्तरीयता र आर्थिक मितव्ययिता समेत हुने नगरपालिकाको बुझाइ रहेको छ ।
नगरपालिकाको ४ वर्षे कार्यकालमा वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाहा शुरु गरेका छन् ।
वडा कार्यालय उद्घाटन गर्दै नगरपालिकाका मेयर सञ्जु पन्डितले भौतिक पुर्वाधारसँगै सेवाको गुणस्तरमा समेत वृद्धि हुनुपर्ने बताए । उनले सबै वडामा भौतिक पुर्वाधार सम्पन्न भएको भन्दै अबका दिनमा चुस्त दुरुस्त सेवा प्रवाह गर्नुपर्ने बताए ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजु सडौलाले वडाको आफ्नै वडाबाट सेवा प्रवाह शुरु भएसँगै वडावासीलाई अनुभुति दिलाउने र सेवाप्रवाहलाई चुस्त र दुरुस्त बनाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिवकुमार चित्रकार, वडा नम्बर ९ का वडाध्यक्ष शनि चित्रकार लगायतको उपस्थिति रहेको थियो ।
फोटो : विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजु सडौलाको फेसबुकबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया