नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा
विदुर खबर
२०७८ भदौ २ गते १५:५३
नुवाकोट । शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उचच विन्दुमा पुगेको छ ।
बुधबार नेप्से परिसूचक ३ हजार २ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हाे । यस अघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । नेप्से परिसूचकसँगै कारोबारमा पनि बुधबार उत्साह देखिएको छ । कारोबार रकमले भने २१ अर्ब ६४ करोड माथिको यस अघिको रेकर्ड तोड्न सकेको छैन ।
नेप्से परिसूचक ३८ दशमलव २८ अंकले बढेर ३ हजार १ सय ९८ दशमलव ६० अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८३ अंकले बढेको छ । कारोबार रकम पनि २१ अर्ब नाघ्यो ।
दिनभर भएका १ लाख ८८ हजार ४५४ कारोबारबाट २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ कित्ता रुपैयाँ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया