अपी पावरको लाभांश घोषणा
नुवाकोट । अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई लाभांश वितरण र हकप्रद जारी प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको हिजो साउन ३२ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १०.५ प्रतिशत बोनस सेयर र बाँकी ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
सोही बैठकले प्रस्तावित बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको २७५.८९ करोड रुपैयाँको १ः०.३९३६ प्रतिशत अनुपातमा हुन आउने १०८.६ करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ।
यी दुई प्रस्ताव स्वीकृतिका लागि कम्पनीले आफ्नो १८ औँ वार्षिक साधारणसभा पनि डोकेको छ। आउँदो भदौ २५ गते काठमाण्डौको थापाथलीस्थित ट्रेड टावरमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट वार्षिक साधारणसभा आयोजना गरिनेछ।
सोही सभाले सेयरधनीहरुका लागि प्रस्तावित लाभांश र बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको १ः०.३९३६ को अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रतिनिधि सभाको पहिलो बैठक अर्जुननरसिंहले चलाउने
आजको मौसम : बागमतीमा चट्याङसहित वर्षा हुने
आज पनि हावाहुरी चल्ने सम्भावना
शिखर पावरको आईपीओ बाँडफाँट
सवारीसाधनको भाडा समायोजना गर्न महासंघको माग





प्रतिक्रिया